Thursday, July 30, 2015

रेडियोमा कार्यक्रम चलाउँदै सञ्जय दत्त


एजेन्सी – ‘गुड अफ्टरनुन , वेलकम रेडियो वाइसिपी, म हुँ, तपाईंहरुकै आरजे सञ्जय दत्त ।’ आरजे सञ्जय दत्तको नामले रेडियोमा बोल्ने व्यक्ति हुन्,उनै बलिउड अभिनेता सञ्जय दत्त । सन् १९९३ को मुम्बई बमकाण्डमा दोषी प्रमाणित भएपछि पुणेको यरवदा जेलमा सजाय भोगिरहेका दत्तले जेलभित्रैबाट रेडियो कार्यक्रम सञ्चालन सुरु गरेका हुन् । कुनै बेला फिल्म लगे रहो मुन्नाभाइमा आरजेको भूमिकामा अभिनय गरेका दत्त अहिले वास्तविक जीवनमै आरजे बनेका छन् । जेल प्रशासनले जेलकै रेडियो स्टेशनमा आरजे नियुक्त गरेपछि उने कार्यक्रम चलाउन सुरु गरेका हुन् । हरेक दिन १२ बजेदेखि १ बजेसम्म उनको कार्यक्रम समय हो । दैनिक एकघन्टे कार्यक्रमको स्क्रिप्ट जेलका अन्य कैदीसँग मिलेर उनले तयार पार्ने गरेका छन् । रेडियो कार्यक्रममा सञ्जयले आफ्ना फ्यानहरुलाई भक्ति गीत, चर्चित व्यक्तिका अन्तर्वार्ता र कैदीहरुसँग जोडिएका महत्वपूर्ण जानकारी र कानुनी सामग्री प्रस्तुत गर्ने गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment