दक्षिण कोरियामा एक नेपालीले अाफ्नै साथीको हत्या गरेका छन् । सँगै काम गर्नै नेपाली युवालाले अर्का नेपाली युवालार्इ चिर्पटले हानेर हत्या गरेका हुन् । एक हप्ता अगाडी मात्रै कोरिया गएका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई भोजपुरका ३४ वर्षीय पर्शुराम राईले चिर्पटले हानेर हत्या गरेका हुन्। राउत र राईबीच बिहीबार साँझ विवाद भएपछि राति उठेर पर्शुरामले सुदीपको ज्यान लिएका हुन् । समाचार अनुसार झगडापछि सुदीपले आफूलार्इ खानामा विष खुवाएको भन्दै पर्शुरामले चिर्पट हानेका थिए । कोरिया आएदेखि नै मानसिक समस्यामा रहेका पर्शुरामले सुदीपको टाउकोमा चिर्पट हानेका हुन्
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment