Thursday, July 30, 2015

सस्तिएको सुन खरिद गर्दै हुनुहुन्छ ? यी ५ कुरामा ख्याल पुर्‍याउँ


सुन सस्तिएको कारण धेरै मानिसहरुले सुनका गहना खरिद गर्न खोजिरहेका छन् । तर सुन खरिद गर्दा हचुवाका भरमा खरिद गर्नुहुँदैन। सुन खरिद गर्दा यी छ कुरामा ख्याल पुर्‍याउनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सस्तिएसँगै नेपालमा पनि यसको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भएको छ। सुन खरिद गर्दा शुद्धता र यसका ज्यालामा समेत ख्याल गर्नुपर्दछ। सुन खरिद गर्दा विशेष गरी यी ५ कुरामा ध्यान पुर्‍याउनुपर्छ। १. ज्याला खर्च कम भएको गहना खरिद गरौँः गहनाको प्रकृति अनुसार यसको ज्याला पनि भिन्न भिन्न तोकिएको हुन्छ। साथै नेपालमा एकै खालको गहनाको समेत फरक फरक पसलमा फरक फरक ज्याला तोकिएको हुन्छ। यसलै ज्याला सस्तो भएको गहना खरिद गर्नु उपयुक्त हुन्छ। त्यस्तै धेरै डिजाइन भएको भन्दा साधारण किसिमको गहना किन्नु राम्रो हुन्छ। डिजाइन धेरै भए ज्याला महंगो पर्ने र महंगो ज्याला तिरेर बनाएको गहनाको शुद्धता समेत कम हुने पाइएको छ। २.ज्याला खर्चको ट्यागः बजारमा गहना निर्माण गर्ने प्रतिस्पर्धा बढ्दै गएपछि केहीले ज्याला खर्च समेत गहनामा ट्याग गरेका हुन्छन्। यसलै यो ट्यागको हेरेर कम ज्याला खर्च ट्याग गरिएको गहना किन्नु फाइदाजनक हुन्छ। ३.सुनको शुद्धताः सुन खरिद गर्दा यसको शुद्धतामा प्रमुख ध्यान पुर्‍याउनुपर्छ। खरिद गर्दा उक्त गहनाको सु्न कति शुद्ध छ र यसलाई बेच्न चाहेमा के कति पैसा फिर्ता हुन्छ भनेर बुझ्न जरुरी छ। ४.हलमार्क चार्जः छापावाल सुनमा हलमार्क चार्ज लाग्ने हुनाले छापावाल गहना खरिद गर्दा केही महंगो पर्न जान्छ। छापावाल सुनको गहनामा पनि फरक फरक पसलले आफ्ना आफ्ना मूल्य तोकेका हुन्छन्। त्यसैले धेरै पसलमा बुझेर छापावाल सुनको गहना खरिद गर्न जरुरी हुन्छ । ५.वेस्टेड चार्जः गहना बेचेर नयाँ गहना खरिद गर्दा यसको वेस्टेड चार्जमा पनि ख्याल पुर्‍याउनुपर्छ । कसैले धेरै कसैले थारै वेस्टेड चार्ज लिन सक्दछन् । त्यसैले गहना बेच्दा वेस्टेड चार्ज कम काटेको पसलमा गहना बेचेर नयाँ गहना खरिद गर्नुपर्दछ।

0 comments:

Post a Comment