Thursday, July 30, 2015

विश्व लिग अन्तर्गतको दोस्रो खेलमा आज नेपाल स्कटल्याण्डसँग भिड्दै


१५ साउन – विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले शुक्रबार स्कटल्याण्डको सामना गर्दैछ। नेपाली समय अनुसार साढे ३ बजे सुरु हुने खेलमा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एक दिवसीय ढाँचाको यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाईरहेको नेपाल पहिलो जितको खोजीमा छ। यसअघि पहिलो खेलमा नेपाल ३ रनको झिनो अन्तरमा पराजित भएको थियो।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एक दिवसीय ढाँचाको यो प्रतियोगितामा नेपाल र स्कटल्याण्ड पहिलो पटक सहभागिता जनाईरहेको छ ।दुई वर्षसम्म सञ्चालन हुने लिगमा प्रत्येक राष्ट्रले एक अर्कासँग होम एण्ड अवेका अधारमा गरी २–२ खेल खेल्ने छन् । प्रतियोगितामा नेपाल र स्कटल्याण्डसँगै नामिबिया, पपुवा न्युगिनी, हङकङ, युएई, केन्या र नेदरल्याण्ड्स सहभागी छन् ।

0 comments:

Post a Comment