Friday, July 31, 2015

नवजात शिशु मारेर फाल्ने आमा पक्राउ


आफैंले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ बर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ। विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जातको नवजात शिशु जन्माई मारेर सोही ठाउँको लबुवा भीरमा लगेर फालेकी प्रहरीले जनाएको छ। घटनाको खबर प्राएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले बिहिबार उनलाई पक्राउ गरेको हो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ। यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ।

0 comments:

Post a Comment