Friday, July 31, 2015

कोरियामा नेपालीले नै गरे नेपालीको हत्या


सोल,दक्षिण कोरिया साउन १५ p

ईपिएस मार्फत दुईसाता अगाडि दक्षिण कोरिया आएका भोजपुरका परशुराम राईले एक साता अगाडि मात्रै कोरिया छिरेका काभ्रेका ३६ वर्षीय सुदिप राउतलाई शुक्रबार बिहान ३ बजे सुतिरहेको अबस्थामा काठको लठ्ठीले प्रहार गरि बिस्तारामानै हत्या गरेका छन्।
ख्यङगिदो नगरको ग्वाङ्जुस्थित काठको डेकोरेशन बनाउँने कम्पनीमा राई र राउत सँगै कार्यरत थिए। घटनाको बारेमा कुटनीतिक प्रक्रियामार्फत सुदीप राउतको परिवारलाई नेपालमा खबर गरिसकेको भएतापनि घटनास्थलमा भोलिमात्र नवनियुक्त उपनियोग प्रमुख किरण शाक्य र श्रमसहचारी अनिल गुरुङ पुग्ने जानकारी प्राप्त भएको छ।
साथै परशुराम राईलाई हाल प्रहरीले नियन्त्रणमा लिई अनुशन्धान गरिरहेको छ भने साथीहरुका अनुसार राई मानसिक रोगी भएको बुझिएको छ।

0 comments:

Post a Comment