Thursday, July 30, 2015

गुगल डुडलमा गुरु पूर्णिमा


काठमाडौ, श्रावण १५ - गुगलले आफ्नो होमपेजमा नेपालमा आज मनाइदै गरेको गुरुपूर्णिमाको डुडल राखेको छ । डुडल मार्फत उसले गुरु पूर्णिमाको शुभकामना दिएको छ । यो डुडल गुगल नेपालीमा हेर्न सकिन्छ । गुगलले सेतोपाटीमा पढाइरहेको र सिकाइरहेको छनक दिने आकृतिको डुडल बनाएको छ । गुगलले कुनै उत्सव, घटना, उपलब्धीबारे आफ्नो होमपेजमा लोगो बनाएर राख्ने गरेको छ । यसैलाई डुडल भनिनन्छ । गुगलले यसअघि पनि नेपालका महत्वपूर्ण दिनमा डुडल्स राखेर शुभकामना दिंदै आएको छ । विद्या सिकाइ अन्धकारबाट प्रकाशतिर डोर्‍याउने व्यक्तिलाई गुरुका रुपमा पूजा र सम्मान गर्दै आज हिन्दु धर्मावलम्बीहरुले गुरुपूर्णिमा मनाउँदैछन् ।

0 comments:

Post a Comment