Friday, July 31, 2015

बजरंगीको विश्वभर व्यापार ५०० करोड


एजेन्सी, श्रावण १५ - सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले संसाभरबाट ५०० करोड भारुको ग्रस कलेक्सन गरेको छ । रिलिजको दोस्रो बिहीबार ६ करोडको कमाई गरेपछि यसको भारतभित्रको ग्रस कलेक्सन ३ सय ६७ करोड पुगेको छ । भारत बाहिर यो फिल्मले दुई सातामा १ सय ४० करोडको व्यापार गरेको छ । यस हिसाबले फिल्मको दुई साताको ग्रस कलेक्सन ५ सय ८ करोड पुगेको हो । यसअघि आमिर खानको फिल्म ‘धुम ३’ले संसारभरीबाट ५ सय ४२ करोडको व्यापार गरेको थियो भने आमिरकै फिल्म ‘पिके’ले ७०० करोडको व्यापार गरेको थियो ।

0 comments:

Post a Comment