Thursday, July 30, 2015

‘मेरी बास्सै’ छोडेपछि माग्नेबुढा लागे सेक्युरेटीगार्ड मा


‘मेरी बास्सै’ छोडेपछि केदारनाथ घिमिरे उर्फ माग्नेबुढा सेक्युरेटीगार्ड मा लाग्नुपरेको छ । चर्चित चर्चित हास्य टेलिऋङ्खला मेरी बास्सैको अभिनयमार्फत सबैको मन छोएका केदारनाथ घिमिरेले यसैबाट माग्नेबुढाको नामले चर्चित बनेका थिए । तर मेरी बास्सै छोडेको लामो समयपछि उनि सेक्युरेटीगार्ड मा लागेको भिडियो हालै सार्वजानिक भएको छ । हिमसम्झौता डिजिटलले बजारमा ल्याएको रमाईलो सन्देशमुलक लोकदोहोरी गित ‘गोलभेडाको चटनी’ बोलको गितको भिडियोमा माग्ने सेक्युरेटीगार्डको भुमिकामा देखिएका हुन । सार्वजानिक गोलभेडाको चटनीको भिडियोमा माग्ने र मुईयाँ गाउँबाट शहर आउने जोडीले सुनौलो सपनासंगै पाएको दुख सास्तीलाई उत्कृष्ट तवरले पस्किएको छ ।magne 2 सहरमा घरहरु नजिक भएपनि मान्छेका मन भने टाढा हुन्छन , यसैले पनि बरु गाउँमै बसौ, गाउँको माया गरौ भन्ने सन्देश यो गितले दिन खोजेको छ । मिना अधिकारी र धर्म सुनारको स्वर रहेको गितमा लय, शब्द राजेन्द्र सुवेदीको हो । युट्युबमा अपलोड गरेको छोटो समयमा चर्चा बटुलेको गितको भिडियोलाई एकिन्द्र सारा शंकरले गरेका हुन ।

0 comments:

Post a Comment