Friday, July 31, 2015

भर्खरै भयो कार दुर्घटना, दुईको मृत्यु, ६ घाइते


रौतहट-रौतहटको चन्द्रनिगाहपुर १ स्थित लचकामा शुक्रवार साँझ कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ गईरहेका बा.६ च. ९०१२ नम्वरको कार चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित चाँदी लचकामा ८.१५ बजेको समयमा रुखमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा सर्लाही रानीगन्ज ८ का चित्रबहादुर मगर र लालबन्दी २ का मनोज गोलेको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। कारमा सवार लालबन्दी २ का गम्भिर घाइते अर्जुन मगरलाई नारायणी उप क्षेत्रिय अस्पताल वीरगन्जमा उपचारको लागि पठाइएको इप्रका चन्द्रपुरका प्रहरी निरीक्षक रुद्रकान्त झाले जानकारी दिए। सामान्य घाइते अन्य पाँच जनाको चन्द्रनिगाहपुर स्थित अस्पतालमा उपचार भइरहेको उनले बताए।

0 comments:

Post a Comment