Friday, July 31, 2015

रेखा थापा नै अगाडि


काठमाडौ, श्रावण १५ - रेखा थापाका नयाँ चलचित्र दर्शकले हेर्न नपाएको धेरै भयो । नयाँ अनुहारको आगमन बढी रहेको चलचित्र क्षेत्रमा पछिल्ला चलचित्रमा पनि रेखाभन्दा पछि आएका नायिकाहरू नै हावी छन् । यद्यपि अहिले पनि नम्बर वान चाहिँ रेखा नै छिन् । नायिकाहरूको फेसबुक फ्यान पेजहरूमा रेखाले सबैलाई उछिनिरहेकै छिन् र कोही पनि उनको नजिकसम्म पनि पुग्न सकेका छैनन् । यो साताको पूर्वार्धसम्म रेखाको फ्यान पेज १७ लाख २६ हजार ४ सय ४७ जनाले लाइक गरिसकेका थिए भने दोस्रो स्थानमा रहेकी नायिका नम्रताको फ्यान पेज लाइक गर्नेहरूको संख्या ५ लाख ११ हजार ४ सय ४९ छ । अन्य नायिकाहरूको तुलनामा नम्रता अगाडि देखिए पनि रेखाले ओगटेको पहिलो स्थानपछि दोस्रो स्थानमा रहेकी नायिका श्रेष्ठबीच ठूलो अन्तर छ । त्यसपछि केकी अधिकारीले २ लाख ३६ हजार ८ सय ९३ तथा ऋचा शर्माले २ लाख १६ हजार २३ लाइक पाएका छन् । सामाजिक सञ्जालमा छाइरहने तथा अहिलेकी सबैभन्दा व्यस्त नायिका प्रियंका कार्की भने पाँचौं नम्बरमा छिन् । उनको फ्यान पेजमा १ लाख ९८ हजार ८ सय ८० लाइक मात्र छ । यी सबै नायिकाका फ्यान पेजलाई फेसबुकले आधिकारिता प्रदान गरिसकेको छ ।

0 comments:

Post a Comment