Friday, July 31, 2015

दुई ट्रक गोरुसहित पाँचजना पक्राउ


बर्दिया, श्रावण १५ । बर्दियाको धधवार गाविस–८ स्थित वेलभार गाउँबाट प्रहरीले दुई ट्रक गोरुसहित पाँच जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भारतबाट ल्याइएका २५ वटा गोरु लोड गरिएका दुई वटा ट्रकसहित उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय गुलरियाको गस्ती टोलीले ना५ख १०१५ र ना४ख १२७४ नम्बरका दुईवटा ट्रक गोरु लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो । भारतबाट अवैध रुपमा गोरु जम्मापारी नेपाल ल्याएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुका साथबाट प्रहरीले भे३प ७७२७ र भे३प ३१३४ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

0 comments:

Post a Comment