Thursday, July 30, 2015

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर


रत्ननगर (चितवन), १५ साउन । चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । गएराति पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ८९५७ नम्बरको ट्रक चितवन कविलासको रिद्धिखोला पुलबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन नसकेको र उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मकवानपुर भीमफेरी बस्ने २२ वर्षीय युवराज श्रेष्ठ र रौतहट बस्ने २६ वर्षीय पन्नालाल यादव रहेका छन् । उनीहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment