इजरायल, श्रावण १५ । इजरालयको राजधानी येरुशलममा समलैंगिकहरुले निकालेको एक र्यालीमा छुरा प्रहार हुँदा कम्तीमा ६ जना घाइते भएका छन् । प्रहरी प्रवक्ताका अनुसार हमलाकारीलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका ती व्यक्तिले सन् २००५ मा पनि यस्तै र्यालीमा आक्रमण गरी तीनजनालाई घाइते तुल्याएका थिए । कट्टरपन्थी यहुदी यिशाई श्लिस्शेल नाम गरेका ती हमलाकारीलाई सन् २००५ कै घटनामा १२ वर्ष जेल सजाय भएको थियो । उनी जेल सजाय काटेर तीन साता अघिमात्र रिहा भएका थिए । र्यालीमा पछाडीबाट प्रवेश गरेका उनले एक्कासी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सो हमलाको निन्दा गरेका छन् । समलैंगिक अधिकार र्याली इजरालयमा धर्मनिरपेक्ष बहुसंख्यक र कट्टरपन्थी यहुदीका बीच तनावको कारण बन्दै आएको छ । (एजेन्सी)
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment