Friday, July 31, 2015

भारतमा अब यी दुई बहिनीलाई हुँदैछ फाँसी ! जान्नुहोस् कारण


एजेन्सी । १९९३मा मुम्बईमा भएको अलग अलग बम विस्फोटका दोषी याकूब मेमनलाई विहीबार दिइएको फांसीपछि महाराष्ट्रको कोल्हापुरका दुई बहिनीलाई पनि फांसीमा चढाउने सम्भावना बढेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब रेणुका किरण शिन्दे र उनकी बहिनी सीमा मोहन गवितलाई फांसीमा चढाइनेछ । यो घटनामा पहिलो फैसला अप्रिल २०१५मा भएको थियो । जबकि अर्काे अन्तिम फैसला अक्टुबर २०१५मा हुँदैछ । खबरअनुसार उनीहरुविरुद्ध अदालतमा डेथ वारन्ट (मृत्युदण्ड) जारि गरिएको छ । जसले फाँसी सजाय हुने सम्भावना धेरै छ ।
तल्लो अदालतले यसअघि मृत्युदण्डको प्रस्तावसहित माथिल्लो अदालतमा मुद्दा पठाएको थियो । यी दिदीबहिनीलाई तल्लो अदालतले यस्तो सजाँय वर्ष २००१मा सुनाइएको थियो । यी दुबैले मागेको माफीलाई पनि राष्ट्रपतिले २०१४मा अस्वीकार गरेका थिए ।

अपराधी दिदीबहिनी रेणुका र सीमामाथि आरोप थियो कि दुबै बहिनीले आफ्नी आमा अनजानाबाई गवितसँग मिलेर १३ बच्चाको अपहरण गरेका थिए । र उनीहरुलाई भीख माग्ने बाध्य पारेका थिए । जब यिनीहरुमा ९ बच्चा भीख मांग्न नसक्ने थिए र भीख माग्न मानेन् तब आमासँग मिलेर दिदीबहिनीले ती सबै बच्चाहरुको हत्या गरिदिए । मुद्दा चल्दैगर्दा आमा अनजानाबाईको मृत्यु भयो ।
अहिले यो मुद्दा सर्वाेच्च अदालतमा सुनुवाईको क्रममा छ । आगामी अक्टुबर २०१५मा फैसला हुने यो मुद्दामा दुबै बहिनीलाई फाँसी सजायँ हुने सम्भावना प्रबल छ । किनकि उनको मृत्युदण्ड सजाय माफी राष्ट्रपतिले समेत अस्वीकार गरिसकेका छन । जसका कारण पनि अदालतले सिधै फाँसी सजाँय सुनाउनेछ ।

0 comments:

Post a Comment