Friday, July 31, 2015

वायुसेवा निगमको बैंकक र क्वालालम्पुर टिकटमा विशेष अफर


नेपाल वायुसेवा निगमले विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ काठमाडौं–बैंकक–काठमाडौं तथा काठमाडौँ–क्वालालम्पुर–काठमाडौंको दुईतर्फी २ वटा टिकट खरिद गर्ने ग्राहकका लागि एउटा टिकट निःशूल्क दिने योजना ल्याएको छ। यो योजना निगमले गत मे १६ बाट बैंकको टिकट खरिदमा लागू गरेको थियो। निगमले यो अफर योजना विस्तार गर्दै अब काठमाडौं–क्वालालम्पुर–काठमाडौंको दुईतर्फी २ वटा टिकट खरिद गर्ने ग्राहकका लागि एउटा टिकट निशूल्क दिने योजना विस्तार गरेको हो। निगमको अफर योजना यही आउँदो भदौ १४ गतेसम्म लागू हुने निगमका प्रवक्ता रामहरी शर्माले बताए। निगमका प्रवक्ता शर्माले पर्यटकलाई आकर्षित गर्न अफर योजना ल्याएको जानकारी दिए। अहिले काठमाडौं–बैंकक–काठमाडौंको सस्तो फेयरको टिकट कर सहित ३३ हजार रुपैयाँ र महंगो फेयरको टिकट कर सहित ५५ देखि ६० हजार रुपैयाँ पर्ने निगमले जनाएको छ। त्यस्तै काठमाडौं–क्वालालम्पुर–काठमाडौंको सस्तो फेयरको टिकट कर सहित ४७ हजार रुपैयाँ र महंगो फेयरको टिकट ६० देखि ६५ हजार रुपैयाँ रहेको छ।

0 comments:

Post a Comment