Friday, July 31, 2015

मुसा भएको भन्दै एयर इन्डियाको जहाज फर्काइयो


मुसा भएको आशंकामा एयर इन्डियाको जहाज उडेको दुई घण्टापछि दिल्ली एयरपोर्ट फर्काएर अवतरण गरिएको छ। इटालीको मिलानका लागि बिहीबार उडेको जहाजमा मुसा भेटिएपछि फर्काइएको एयर इण्डियाले जनाएको छ। तर मुसा भने भेट्न नसकिएको उक्त कम्पनीले जनाएको छ। मुसाले तार काट्दा दुर्घटना हुन सक्ने भएकाले यात्रीको सुरक्षाका लागि जहाज फर्काइएको एयरलाइन्सका अधिकारीहरुले बताएका छन्। यसअघि गएको मे महिनामा पनि एयर इन्डियाको जहाज मुसाका कारण ग्राउन्डेड गरिएको थियो।

0 comments:

Post a Comment