Friday, July 31, 2015

श्रीमतीलाई चितुवाले लछारपछार गर्ने, श्रीमानले मस्तसँग फोटो खिच्ने (हेरौँ फोटोसहित


एक महिला आफ्नो श्रीमानसँग जन्मदिन मनाउन साउथ अफ्रिका पुगिन् । भ्वाइलेट डी मिलो नामकी महिला आफ्नो श्रीमानसँग क्राग काम्मा गेम पार्क ६० औँ जन्मदिन मनाउन गइन् । उनीहरु त्यसैक्रममा जंगलमा घुम्न गए । उनीहरुसँगै गएका त्यहाँका कर्मचारीले कुनै डर छैन भनेपछि ति महिला चितुवासँग तस्बिर लिन उसको नजिक पुगिन् । तर, जब सो चितुवाले टोक्न खोज्यो भ्वाइलेटले त्यसलाई रोक्न खोजिन् । चितुवा एकैछिनमा उनीमाथि पर्यो र उनी भुइमा भइन् । उनले आफ्नो मुहार बचाउनका लागि मुख तल गरेर बसेको बताउँदै चितुवाले पछाडिबाट आक्रमण गरेको र आफ्नो खुट्टामा चोट लागेको डेली मेललाई बताइन् । त्यति भइरहदा उनका श्रीमान भने सो दृश्य क्यामेरामा कैद गर्न तल्लिन थिए । उनले श्रीमतीलाई बचाउने भन्दा फोटो खिच्ने काम गरे र पछि त्यसलाई सामाजिक संजालमा राखे । तीन मिनेटपछि गाइडले चितुवालाई भगाए र उनी बाँच्न सफल भइन् । केहीबेरपछि उनलाई नजिकैको अस्पताल लगियो । चितुवाको आक्रमणपछि उनको आँखा, पेट र खुट्टामा ठूलो चोट लाग्यो । उनको श्रीमानले गाइडले चितुवाले केही गर्दैन भनेर आफूहरुलाई गलत सूचना दिएकोप्रति आक्रोस पोखे । पार्कका म्यानेजरले यसअघि कसैलाई पनि चितुवाले आक्रमण नगरेको बताए ।

0 comments:

Post a Comment