Thursday, July 30, 2015

अनुष्काको चुनौती: 'दम छ भने अगाडी आएर बोल'


सार्वजनिकमा बलिउड नायिका अनुष्का शर्माले ट्विटरमा प्रतिक्रिया जनाउनेहरुलाई ‘कायर’ संज्ञा दिएकी छिन् । २७ जुलाईमा निधन भएका भारतीय पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलामप्रति ट्विटरमा श्रद्धान्जली व्यक्त गर्दा दुईपटकसम्म कलामको नाम गल्ती लेखेपछि उनको आलोचनामा अनेक प्रतिक्रिया जनाइएका थिए । सोही विषयलाई लिएर मिडियासमक्ष अनुष्काले कडा प्रतिक्रिया जनाएकी हुन् । ‘गल्ती जोबाट पनि हुन्छ तर, मेरो नियत सही थियो । ट्विटरमा मजाक उडाउनेहरुलाई थाहा छैन कि मैले कुन सोचले ट्विट लेखेको थिएँ?’ अनुष्काले भनिन्, ‘ट्विटरमा मलाई धेरैपटक मजाक बनाइएको छ । मैले ती मान्छेलाई ध्यान दिनुपनि छैन किनकी ती सबै कम्प्युटरको स्क्रिनमा फेक नाम र फेक कमेन्ट गरेर बस्ने ‘कायर’ हुन् । यो त जो पनि गर्न सक्छ । हिम्मत र दम छ भने अगाडी आएर बोल, म पनि हेर्छु।’

0 comments:

Post a Comment