Friday, July 31, 2015

कास्की पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो लुम्लेमा मृत्यु भएका १८ को सामुहिक अन्त्येष्टी


पोखरा, श्रावण १५ - बुधबार रातिको बाढीपहिरोमा परेर कास्कीमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृतकमा लुम्ले, ६ मामात्रै २७ जना पुगेका छन् । यसैगरी भदौरे तामागीमा ५ र ढिकुरपोखरीमा २ रहेको प्रहरी निरीक्षक देवी पौडेलले बताए । मृतकमा ६ बालक, ५ बालिकासहित १६ महिला र ७ पुरुष छन् । यसैगरी भदौरे तामागीमा ५ र लुम्लेमा एकजना बेपत्ता रहेको प्रहरीले जनाएको छ । तीनवटै गाविसमा १४ घाइतेको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । यसैबीच लुम्लेमा मृतक मध्ये १८ जनाको शुक्रबार सामुहिक अन्त्येष्टी गरिएको छ । शुक्रबार दिउँसोसम्म फेलापरेका २४ जना सबैको अन्त्येष्टी गरिएको हो । शेर्पा परिवारका ४ जनाको बुद्ध धर्म अनुसार अन्त्येष्टी गरिएको थियो ।

0 comments:

Post a Comment