Friday, July 31, 2015

सलमान खानलाई फाँसीको सजायँ !


मुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा आउने गर्छन् । भारतमा उनका ‘हिट एण्ड रन’, कुटपिट, मारपिट जस्ता मुद्दा अहिले पनि सुल्झिएका छैनन् । पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए । अहिले पनि उनको यो महत्वपूर्ण मुद्दा अदालतमा विचाराधिन छ । यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् । सांसद उषा ठाकुर । उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए । यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।

0 comments:

Post a Comment