युनिटी लाइफ इन्टरनेसनलका नाममा करोडौं रुपैयाँ ठगी फरार भएका विष्णु क्षत्रीको केही दिनअघि ललितपुरको भैंसेपाटीमा गोली हानी हत्या गरेको फोटो फेसबुकमा ‘अपलोड’ भयो । फोटो अपलोड अरू कसैबाट नभई उनकै सहोदर दाजु कृष्णबहादुर क्षत्रीको फेसबुक एकाउन्टबाट भएको थियो ।आजको राजधानी दैनिकमाटपेन्द्र कार्कीले खबर लेख्नुभएको छ ।
विष्णुको हत्या भएको फोटो उनकै दाजुको फेसबुक एकाउन्टबाट अपलोड भएपछि प्रहरी गम्भीर बन्यो । गम्भीर नबनोस् पनि किन, क्षत्री दाजुभाइ दुवैलाई ‘रेडकर्नर’ सूचीमा राखी इन्टरपोलले लामो समयदेखि खोजी गरिरहेको थियो । अर्काे कुरा, लाखौं सर्वसाधारणको मोटो रकम असुलेका क्षत्री दाजुभाइलाई पक्राउ गर्न नसकेकोमा प्रहरी संगठन पनि आलोचित बन्दै गइरहेको थियो । फेसबुकमा विष्णुको हत्या भएको तस्बिर अपलोड भएपछि सूक्ष्म रूपमा अनुसन्धान थालेको प्रहरीले विष्णुलाई मृतक होइन, जीवित रूपमा फेला पारेको छ । विष्णु मात्र होइन, फोटो अपलोड गरिएका फेसबुक एकाउन्टका धनी कृष्णबहादुर पनि सँगै पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको हो । क्षत्री दाजुभाइ तिनै व्यक्ति हुन्, जसलाई जिल्ला अदालत ललितपुरले १७ चैत २०७० मा जनही तिन वर्ष कैद र १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ जरिवाना सुनाएको थियो । साथै, जरिवानाबराबरकै रकम जाहेरवालालाई तिराउन भनेको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment