Friday, July 31, 2015

फेसबुकले पक्रायो युनिटीका विष्णु र कृष्णलाई


काठमाडौ, श्रावण १५ - फेसबुक वालमा गत असार २३ मा सनसनीपुर्ण फोटो र स्ट्याटस देखिए– नेटवर्किङ ब्यावसाय युनिटी लाईफ इन्टनेशनलका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको हत्या । एउटा शवलाई उनको भनी तस्विरसहित यो स्ट्याटस पोस्ट गरिएको थियो । र, स्ट्याटस लेख्ने थिए उनकै दाजु कृष्ण क्षेत्री । उनले आफ्नो भाई मारिएकाले उसका लागि एक दिन शोक मनाउन अनुरोध गरेका थिए । उनको स्टाटस र फोटो धेरैले सेयर पनि गरे । तर जब खोजीनिती गरियो, उनको मृत्यु भएको खबर पुष्टि भएन । त्यसको एक महिना नबित्दै आज साउन १५ गते प्रहरीले मारिएका भनिएका बिष्णु र उनका दाजु कृष्ण क्षेत्रीलाई पक्राउ गरेर सार्वजानिक गर्‍यो । आखिर एउटा दाईले आफ्ना जिवित भाईलाई मृत भनेर किन भने ? यी दाजु भाई युनिटी नेटवर्किङका माध्यमबाट सर्वसाधारणको करोडौं रुपैंया ठगी गरेको आरोपमा इन्टरपोलको रेडकर्नर सुचीमा थिए । क्षेत्री दाजुभाईलाई २०६८ माघ २ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलको रेडकर्नर नोटिसमा राखेको थियो । पाँच बर्षअघि युनिटी इन्टनेसनल लिमिटेड संस्थाका नाममा क्षेत्री दाजु भाईसहित अन्यले नेपाल राष्ट्र बैंक र डिभिजन सहकारी संस्थासँग स्विकृति नलिई निक्षेप संकलन सम्बन्धी बित्तिय कारोबार गरेको अभियोग थियो । युनिटी लाईफमा प्रबन्ध निर्देशक बिष्णु बहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्री थिए । युनिटीले देशभरका ३ लाख ६६ हजार ३ सय ४२ सर्वसाधारणलाई झुट्टा आश्वासन दिएर ३ अर्ब ७९ करोड ९८ लाख ७० हजार एक सय ३ रुपैंया ठगी गरेको थियो । विष्णु र कृष्णका विषयमा ललितपुर जिल्ला अदालतले २०७० चैत १७ गते फैसला गर्दै दुवै जनालाई तीन/तीन बर्ष कैद र १ करोड ५ लाख २६ हजार २ सय ७६ रुपैंया जरिवाना र जरिवाना बराबरकै रकम जाहेरवालालाई तिराउन फैसला गरेको थियो । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजीपी) बिज्ञानराज शर्माका अनुसार दाजुभाईलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । ‘नेपाल–भारत सीमाका गाउँमा लुकेर बसेको सुचनापछि अनुसन्धान गर्दै जादाँ फेला परेका हुन्,’ शर्माले भने । फेसबुक स्टाटसले नै गरायो पक्राउ खासमा प्रहरीले यी दुई दाजुभाईलाई फेसबुक स्ट्याटसकै आधारमा प्रहरीले पक्राउ गरेको हो । दाई कृष्णले फेसबुकमा दिनुहँ आफ्नो भाईलाई गोली हानेर मारेको फोटो राखेपछि प्रहरी पनि आक्रान्त बनेको थियो । ‘त्यो स्ट्याटसले त हामीलाई चुनौती दिएजस्तो भएको थियो,’ अपराध महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक सबेन्द्र खनालले भने ‘त्यसपछि गहिरो अनुसन्धान सुरु गर्‍र्यौ ।’ स्रोतका अनुसार कृष्ण क्षेत्रीले फेसबुकमा स्ट्याटस राखेको ‘लोकेसन’का आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । त्यही क्रममा उनीहरु भारतमा रहेको फेला परेको थियो । महाशाखाबाट खटिएका प्रहरीले भारत उत्तराञ्चल प्रहरीको मद्दतमा पक्राउ गरेका हुन् । क्षेत्रीद्वय उत्तराञ्चल प्रदेशमा ब्यावसायीक माछा पालन गरेर बसेका थिए । कृष्णले कान्तिपुरसँग भने आफ्नो फेसबुक अरु कसैले ह्याक गरेर भाई मरेको फोटो राखेको बताए ।

0 comments:

Post a Comment