Thursday, July 30, 2015

महिलाको कपडामा अवैध सुन लुकाउने पक्राउ


वैध रुपमा सुन बोकी काठमाडौँ हिँडेका अवस्थामा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार बा६१प २९४८ नंको २०० सिसी पल्सर मोटरसाइकलबाट महिलाका कपडामा पोको पारी लुकाइछिपाई काठमाडौँ लाँदै गरेका अवस्थामा नेपाली सेना नारायण दल गणको धुन्चे चेकिङ पोस्टले एक केजी सुनसहित तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्जुङ गाउँका २५ वर्षीय योसाङ तामाङ र १६ वर्षीया सीता तामाङ छन् । उनीहरुको साथबाट बरामद भएको सुनको मूल्य ३८ लाख ४० हजार रहेको अनुमान गरिएको बताइएको छ । अभियुक्तका साथबाट मोबाइल चार थान, चिनियाँ युआन १०० र रु ५० हजारसमेत बरामद गरिएको प्रहरीले बताएको छ । रासस

0 comments:

Post a Comment