Friday, July 31, 2015

शाहरुखका सय जना ‘ डा‍इहार्ट फ्यान’ खोजिदैं


भारतीय फेसन ब्रान्डको वेबसाइट ‘एपमिडटकम’ ले ‘आइ एम फ्यान’ कन्टेष्ट सुरु गरेको छ । कन्टेष्टबाट शाहरुख खानको सय जना ‘डाइहार्ट फ्यान’ खोजिने छ र छानिएकाको फोटो खानको आगामी फिल्म ‘फ्यान’ को सामाजिक सञ्जालको प्रोफाइल लोगोमा राखिने छ । ती फ्यानले लोगोमा मात्र होइन पोष्टर र भिडियो प्रचारको हिस्सा पनि बन्न पाउने छन् । यसका अलावा तीमध्ये केहीले शाहरुख खानसँग भेट्ने अवसर पनि पाउने छन् । एक टिभी कार्यक्रमबाट एपमिडटकमले गरेको सो घोषणा कार्यक्रममा शाहरुख खान स्वयं पनि उपस्थित थिए । एपमिडटकमका कार्यकारी अधिकृत विवक गौडले यसबारे भनेका छन्,‘आइएमफ्यान कन्टेष्टको उद्देश्य हाम्रा ग्राहकलाई अलगअलग क्रियाकलापसँग जोड्नु हो । यसबाट दुवै पक्षबीच गहिरो सम्बन्ध बन्नेछ र शाहरुख खानप्रति श्रद्धा बढ्नेछ ।’

0 comments:

Post a Comment