Sunday, July 12, 2015

भिरबाट लडेर बालिकाको ज्यान गयो


चरिकोट, २७ असार । दोलखाको उत्तरी गाविस कालीञ्चोकमा आज एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कालीञ्चोक गाविस– ६ का चन्द्रबहादुर तामाङको १३ वर्षीया छोरी सानुमाया तामाङ रहेकी छन् । जिम्बु (लसुन घाँस) टिप्न गएकी सोही वडाका जयवीर तामाङकी श्रीमतीसँग सानुमाया पनि सँगै गएकी थिइन । जयवीरकी श्रीमतीलाई सर्पले टोकेपछि सानुमाया तामाङ भाग्न खोज्दा कालीञ्चोक गाविस– ५ को वंगलाभिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शन्तकुमार लामाले जानकारी दिनुुभयो । रासस

0 comments:

Post a Comment