Thursday, July 30, 2015

काठमाडाैँ-तराई द्रुतमार्ग बनाउन १ सय ११ अर्ब भन्दा बढी लाग्ने


काठमाडाैँ-तराई द्रुतमार्ग बनाउन १ सय ११ अर्ब र भ्याट बाहेक ९८ अर्ब रुपैयाँ लाग्ने भएको छ ।आयोजनाका आयोजना प्रमुख सतेन्द्र शाक्यले निर्माणमा भ्याटसहित करिब १ सय ११ अर्ब र भ्याट बाहेक ९८ अर्ब रूपैयाँ खर्च लाग्ने बताए ।संसदको विकास समितिलाई जानकारी दिँदै उनले बताएका हुन् । बैंठकमा भौतिक योजना तथा निर्माणमन्त्री बिमलेन्द्र निधीले द्रुतमार्ग बनाउन सरकार छिटोभन्दा छिटोका साथ काम गरिरहेको बताए । सरकारलाई बनाउन ठेक्का पाएको भारतीय प्राइभेट कम्पनी इन्फास्ट्रक्चर लिसिङ एन्ड फाइनान्स सर्भिसले डिटेल प्रोजेक्ट रिपोर्ट डीपीआर बुझाइसकेको छ । ४ वर्ष भित्रमै द्रुतमार्गलाई निर्माण सक्ने गरी काम थालिएको उनले जानकारी दिए ।

0 comments:

Post a Comment