काठमाडौ, श्रावण १४ - सरकारले सार्वजनिक पदाधिकारीहरुको वैदेशिक भ्रमण र उपहार सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका पारित गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव संयोजकत्वमा अर्थ, परराष्ट्र, गृह, रक्षा, मन्त्रालयका सचिव सहितको गठित समितिले विभिन्न मुलुकको अनुभव सहित सार्वजनिक पदाधिकारी र विशिष्ठ श्रेणीका अधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देशिका तयार पारेको हो । नयाँ निर्देशिकामा राष्ट्रप्रमवुखदेखि अन्य अधिकारीहरुले विदेश भ्रमणमा जाँदा अपनाउनुपर्ने मापदण्ड तय गरिएको छ । साथै कुन स्तरको उपहार दिने र लिएको उपहार कहाँ राख्ने सम्बन्धी व्यवस्था पनि नयाँ निर्देशिकामा गरिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार सार्वजनकि ओहदामा बसेका व्यक्तिले प्रयोग गर्ने सवारी साधन मरम्मत सम्बन्धी निर्देशिका पनि बैठकले पारित गरेको छ ।
मन्त्रिपरिषदले गरेको नियुक्ति
बैठकले नलसिंगाढ जलशाय युक्त जलविद्युत आयोजनको कार्यकारी निर्देशकमा मोतीबहादुर कुँवर, केन्द्रीय बाल कल्याण समितिको सदस्यमा खकिन्द्रबहादुर भण्डार, संस्कृतिक संस्थानको महाप्रबन्धममा राजेश थापा र राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा निर्मला आचार्यको नियुक्ति गरेको छ । त्यस्तै, शान्ति तथा पुनर्निमाण मन्त्रालयका सचिव खुमराज पुञ्जालीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको विशिष्ठ अधिकृतमा पठाइएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment