धेरै खोजि गर्दा पनि फेला पार्न नसकिएको सन् २०१४ को मार्चमा २३९ यात्रुसहित हराएको मलेसियन एअरलाइन्सको बोइङ ७७७ विमानको नयाँ रहस्य खुलेको छ । पछिल्लो समय हिन्द महासागरको फ्रान्सेली टापु ला रियुनियनको किनारमा विमानको पखेटको अंश फेला परेपछि त्यो मलेसियन विमानकै हो कि होइन भनेर अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।बिबिसिका अनुसार ला रियुनियन टापु यसअघि मलेसियन एअरलाइन्सको विमान खोजी गरिएका क्षेत्रबाट धेरै टाढा मादागास्करदेखि पारिपट्टी रहेको छ । अमेरिकीविज्ञहरु पनि त्यो टुक्रा हराइरहेको विमान बोइङ ७७७ कै पखेटाको अंश भएको हुन सक्नेमा बढी विश्वस्त पाइएका वासिङटनस्थित बीबीसीका टम ब्याटम्यानले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् । मलेसियाली सरकारले त्यो भग्नावशेषको अध्ययन गर्न रियुनियन टापुतर्फ एक टोली पठाएको बताएको छ । मलेसियन एअरलाइन्सको एमएच ३७० उडानको बोइङ ७७७ एक मात्र त्यो मोडलको विमान हो जुन हराइरहेको छ । उता फ्रान्सका विशेषज्ञहरुले चाहिँ विमानको सो भग्नावशेषलाई अहिले नै हराइरहेको बोइङ ७७७ कै अवशेष नै हो भनेर भन्न नमिल्ने बताएका छन् । एजेन्सी ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment