काभ्रे – जिल्लामा रेडक्रसले भूकम्पपीडितका लागि कुहिएको चामल वितरण गरेको गुनासो सकिन नपाउँदै जिल्ला दैवी प्रकोप उद्दार समिति, काभ्रेले वितरण गर्न पठाएको मैदाको पिठोमा ह्वाइट सिमेन्ट मिसाइएको फेला परेको छ । मैदा भनेर गत जेठ १६ गते पनौती नगरपालिकामा रहेका भूकम्पपीडितका लागि दैवी प्रकोप उद्दार समितिले पठाएको ३० बोरा मैदाको पिठोसँगै १० बोरा ह्वाइट सिमेन्ट मिसाएर पठाइएको खुल्न आएको हो । खाद्यान्न भनेर पठाएको मैदाको बोरामा सिमेन्ट फला परेको पनौती नगरपालिकाका कार्यकारी अधिकृत इन्दिरा थापाले बताइन् । ‘आएको तीन दिनमा गोदाममा चेक गर्दा जिल्ला दैवी प्रकोप उद्दार समितिबाट ल्याएको ३० बोरा मैदामध्ये १० बोरा ह्वाइट सिमेन्ट रहेछ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment