Thursday, July 9, 2015

आइजीपीका छोरामाथि आफ्नै साथीको हत्या गरेको आरोप


नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डाक्टर आयुष अर्यालविरुद्ध आफ्नै साथीको हत्या गरेको आरोप लागेको छ । गत शनिबार साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २ सय मिटरर नजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर अस्पतालमा इन्टनर्शिप गरिरहेका डाक्टर अभिनेष ठाकुरको रहस्यमय मृत्यु भएपछि उक्त घटना बाहिर आएको हो ।
कास्की प्रहरीले सकेसम्म घटना बाहिर ल्याउन चाहेको छैन् ।मृतकका पिता स्वास्थ्थ मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिबदास ठाकुरले आफ्नो छोराको हत्या अर्यालका छोरा र उनका साथी प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएपछि कास्की प्रहरी अप्ठ्यारोमा परेको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
 

0 comments:

Post a Comment