Thursday, July 9, 2015

म्यानपावर व्यवसायीका ३ सर्त मान्न सक्तिन : श्रम राज्यमन्त्री


श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले सहमतिका लागि म्यानपावर कम्पनीले राखेका ३ वटा सर्त स्वीकार गर्न नसकिने बताएका छन् ।

मन्त्री गुरुङले व्यवसायीले राखेको ३ सर्त फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउने निर्णय स्थगित गर्नुपर्ने, कामदारको कोटा सुनिश्चित गरी एमओयु गर्नुपर्ने र सरकारी निर्णय लागू गर्नका लागि उच्चस्तरीय छानविन समिति गठन गनुपर्ने माग  सम्बोधन गर्न नसकिने बताएका हुन् ।

'व्यवसायीले राखेका सर्त एउटा पनि उचित छैन,' उनले भने त्यसैले स्वीकार गर्ने अवस्था छैन् ।

समस्या समाधानको एकमात्र उपाय भनेको मलेसिया लगायतका ६ देशमा गएर त्यसको सरकार, रोजगारदाता कम्पनी र नेपाली कामदारसँग अन्र्तक्रिया गरी त्यसबाट जिस्कने सुझाव लिएर अघि बढ्न सकिने उनले बताए । उनले सरकारी टोलीमा म्यानपावर व्यवसायीलाई पनि सहभागी गराइने बताए ।

आन्दोलनमा उत्रिएका म्यानपावर व्यवसायीलाई आन्दोलन फिर्ता लिएर काममा फर्कन पनि उनले आग्रह गरे । फ्रि भिसा र टिकटमा कामदार पठाउने निर्णय उचित छ पनि भन्ने विरोध पनि जनाउने व्यवसायीको कृयाकलाप आफूले बुझन् नसकेको उनले बताए ।

0 comments:

Post a Comment