Monday, July 13, 2015

हत्याका अभियुक्त दुई वर्षपछि समातिए


पर्वत–०७० असार ९ गते घरबाट निस्किएका लेखफाट ४ का जगतबहादुर पुन घर फर्किएनन् । घरबाट निस्किएको एक सातापछि पनि घर फर्किने गरेका उनलाई परिवारले पनि पहिले झैं सोचे । तर तीन हप्तासम्म पनि अत्तोपत्तो नभएपछि परिवारले असार २८ गते प्रहरीमा हराएको सम्बन्धमा निवेदन दिए । दुई दिनपछि असार ३० गते लेखफाट–५ स्थित भुमेस्थान मन्दिर तलको भिरमा सडेगलेको अवस्थामा एक शव भेटियो । उक्त शव उनै जगतबहादुर पुनको थियो । abhiyukta ganbahadur ra lokendra paija जगतको हत्या गर्ने ज्ञानबहादुर पाइजा र लोकेन्द्र पाइजा ।प्रहरीले तत्काल पोष्टमार्टम ग¥यो । हत्या गरेर फालेको निष्कर्ष निकालो । तर, स्थानीयले भिरबाट लडेर मृत्यु भएको बताए । प्रहरीले हत्या गरेर फालेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर केरकार ग¥यो तर, व्यक्ति पत्ता लागेन । पत्ता नलागेपछि घटना प्रहरीको फाइलमै थन्कियो ।लामो समय थन्किएको हत्या घटनाका अभियुक्तलाई पर्वत प्रहरीले दुई वर्षपछि पत्ता लगाउन सफल भएको छ । प्रहरीले निकै ठुलो मेहनत गरेर जगतबहादुर पुनलाई हत्या गर्ने लेखफाँट ४ का ३६ वर्षीय ज्ञानबहादुर पाइजा र उनका भाई लोकेन्द्र पाइजालाई पक्राउ गरेको छ । 'हत्याका अभियुक्तले घटना स्वीकार गरेका छन,' जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमा भने । उनले यो घटनाका अभियुक्तलाई पक्राउ गर्नु यो वर्षकै सबैभन्दा ठुलो उपलब्धी भएको बताए । अभियुक्त लोकेन्द्र ०७२ असार ७ गते पक्राउ परेका हुन । उनका दाजु यही असार १७ गते ।लोकेन्द्रको बयानका आधारमा उनका सहोदर दाजु ज्ञानबहादुरलाई नारायणगढमा रिक्सा चलाइरहेको अवस्थामा पक्राउ गरिएको हो । पत्रकार सम्मेलनमा दुबै जनाले हत्या स्वीकारेका थिए । 'पहिले खुकुरी हानेर मलाई घाइते बनाएको थियो । मेरो मोबाइल समेत चोरेको थियो । त्यही रिसमा जगतको हत्या गरेको हुँ,' ज्ञानबहादुरले भने । उनले जगतका अन्य दुई दाजुभाईकै हत्या गर्ने योजना समेत बनाएको खुलासा गरे । 'जगतबहादुरका दाजुभाई तीन भाई हुन, बाँकी दुई जनालाई पनि मारेर जेलमा बस्छु भन्ने सोच बनाएको थिए,' उनले आफ्नो योजना सुनाए । प्रहरीले यो घटनाका अभियुक्तलाई पत्ता लगाएर अर्को घटना हुनबाट रोक्न सफल भएको जनाएको छ । अभियुक्तलाई प्रहरीले अनुसन्धान प्रक्रिया सम्पन्न गरेर सोमबार मात्रै सार्वजनिक गरेको हो । सोमबारै दुबै जनालाई प्रहरीले पर्वत जिल्ला अदालतमा पेश गरेको छ । जगतका बाँकी दुई दाजुभाईलाई पनि हत्या गर्ने योजना थियोः ज्ञानबहादुर पाइजा ०७० असार ९ गते अन्य दिन भन्दा मैले बढी रक्सी सेवन गरेको थियो । त्यो दिन १० बजे नै घरमा सुतेको थिए । गाउँमा त्यो दिन विवाह थियो । राति ११ बजेतिर घरमा ढुंगा बर्सियो । जगतबहादुर पुनले रक्सी खाएर आएर घरमा ढुंगा हानेको रहेछ । मैले मेरो भाई लोकेन्द्रलाई त्यो जगतलाई घर पठा भने । भाईले भन्दा पनि उसले मानेन । पछि घरभन्दा तलको बाटोबाट उ आफ्नो घरतर्फ गइरहेको थियो । मैले माथिबाट उसलाई ढुंगाले हाने । उ भुईमा लड्यो । दुई÷तीन पटक गुहार–गुहार भनेको थियो । तैले हल्ला गरिस भने म मार्छु भनेर मैले उसलाई धम्क्याएपछि उ चुप बस्यो । पछि नजिकैको ढुंगा उचालेर फेरि प्रहार गरे । भाई र म मिलेर कुट्यौं । त्यसपछि उ चल्न छाड्यो । उसले लगाएको कपडा खोलेर घाटीमा बाँधेर लतारेर भिरबाट तल फालिदियौ । जगतसँग मेरो सधैं जहा भेट्यो त्यंही झगडा हुने गरेको थियो । मलाई जगतका दाजुभाई मिलेर खुकुरी हानेर सात वटा टाका लगाउने अवस्था गराएका थिए । त्यस्तै बिदेशमा रहेको दाजुले पठाइ दिएको मोबाइल पनि उसले चोरेर लगेको थियो । त्यसैको रिस थियो । कुनै न कुनै दिन म पक्राउ पर्छु भन्ने लागेको थियो । मैले जगतलाई मात्रै होइन, उसका बाँकी दुई भाईलाई समेत मारेर जेलमा बस्छु भन्ने योजना बनाएको थिए । तर, पहिले नै पक्राउ पर्दा त्यो योजना पुरा हुन सकेन ।

0 comments:

Post a Comment