Sunday, July 12, 2015

नाच्न विर्सिएछन् सरोज र कृष्ण मल्लले



जब कोही कलाकारको लामो समयपछि कमब्याक हुन्छ, त्यसबाट दर्शक तथा चलचित्रकर्मीले नै ठूलो अपेक्षा गर्छन् । लामो समय अमेरिका बसेर नेपाल फर्किएका नायक सरोज खनाल र चर्चित कलाकार कृष्ण मल्लको हकमा पनि यस्तै भयो । काठमाण्डौमा आयोजित ‘राष्ट्रिय टेलिभिजन कलाकर्मी सम्मान २०७२’मा सरोज र कृष्णको नृत्यलाई लिएर ठूलो उत्साह थियो । कलाकार कृष्ण मल्लले नृत्य गर्नुभन्दा हात मात्र उठाए । उनको नृत्यले पनि खासै धुम मच्चाएन । कलाकार गणेश उप्रेतीले भने लोभलाग्दो नै नृत्य गरे ।
स्टेजमा कुनै बेलाका चर्चित कलाकारको नृत्य विरलै मात्र हेर्न पाइन्छ । तर, आयोजकले यो अवसर जुटाइदिएको थियो । नायक सरोज खनाल सुरुमै माक्स लगाएर स्टेजमा आएर केही संवाद बोल्दै दर्शक दिर्घासम्म पुगे ।
तर, जब ‘बनमा फूल्यो फूल’ बोलको गीतमा नृत्य गर्न अर्की कलाकार निरु खड्कासँग स्टेजमा देखिए, उनी फिक्का लागे । सरोज र कृष्णको नृत्य हेरेपछि कार्यक्रम संचालन गरिरहेका हाँस्य कलाकारद्धय दिपकराज गिरी र जितु नेपालले खुबै ब्यङ्ग्य कसे । दिपकले नेपाली कलाकारको अभिनय राम्रो भएपनि नृत्य भने कहिले नसुध्रिएको भन्दै ब्यङ्ग्य प्रहार गरे । उनले सरोज र कृष्णको नृत्यको क्यारिकेचर नै गरेका थिए ।

0 comments:

Post a Comment