Monday, July 13, 2015

दिदीलाई भगाएर बिहे गरेको भन्दै भिनाजुलाई निर्घात कुटपिट


कुटाइबाट कानमा र टाउकोमा गम्भिर चोट

सुनसरी, असार २८ – नेवारकी छोरी भगाएर बिहे गरेको भन्दै सोमवार ११ बजे सुनसरीको प्रकाशपुरमा एक दलित युवकमाथि निर्घात कुटपिट भएको छ । एक महिनाअघि सुनसरी प्रकाशपुर–१ की सुष्मा श्रेष्ठसँग प्रेम विवाह गरेका प्रकाशपुर–६ का अनिल दियालीमाथि केटी पक्षका आफन्तहरुले निर्घात कुटपिट गरेको केटापक्षका आफन्तहरुले बताएका छन । घरबाट स्थानीय बजारतर्फ जाने क्रममा साइकलमा आएका २ युवाहरुको समुहले एकाएक कुटपिट गरेको पीडित अनिल दियालीले बताए । आफुलाई कुटपिट गर्ने आफ्नै श्रीमतीको भाइ विजय श्रेष्ठ रहेको उनले बताएका छन । हाम्रो दिदीलाई आँखा लगाउँछस् भन्दै दुई युवाहरुको समुहले एकाएक आफुमाथि कुटपिट थालेको पीडित दियालीले बताएका छन ।



कुटाइबाट दियालीको टाउको र कानमा गहिरो चोट लागेको छ । कुटपिटपछि दियालीसहितका स्थानीय अभिभावकहरुले प्रकाशपुर प्रहरीमा उजुरी दिएका छन । कुटपिटबाट घाइते बनेका दियालीको प्रकाशपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी प्रकाशपुरका प्रहरी नायब निरीक्षक शुरेन्द्र ढुङ्गेलले बताए घटना सम्बन्धि जानकारी भइसकेकाले दियालीलाई कुटपिट गर्ने व्यक्तिहरुको समुहको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक शुरेन्द्र ढुङ्गेलले बताए ।

0 comments:

Post a Comment