Sunday, July 12, 2015

ज्वालामुखी विस्फोट हुदा पाँच विमानस्थल बन्द


इन्डोनेसियामा माउन्ट रउन्ङगमा भिषण ज्वालामुखी विस्फोट भएको छ ।  ज्वालामुखी विस्फोट हुँदा पाँच वटा विमानस्थल बन्द भएका छन् । विमानस्थल बन्द हुँदा यात्रुहरु मर्कामा परेका बिबिसिले जनाएको छ ।ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियाको डेन्पसरसँगै लोमबोर्क, सेलापराङग, ब्लीम्बिङगसारी, इस्ट जाभा र नोटोहाडिनेगोरो विमानस्थल बन्द भएका हुन् । एक हप्तादेखि ज्वालामुखी बिस्फोटपछि निस्किएको धुँवा र खरानीका कारण भिजिविलिटी कम भएपछि सबै उडान स्थगित गरिए पनि समस्या समाधान नहुने देखिएपछि अहिले विमानस्थल नै बन्द गरिएको इन्डोनेसियन अधिकारीलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ ।माउन्ट रउन्ङगको ज्वालामुखीको अवस्था हेरेर विमानस्थल सुचारु गर्ने विषयमा पहले गरिने इन्डोनेसियाल सरकारले जनाएको छ ।

0 comments:

Post a Comment