रोल्पाको थबांगमा आज बिहान शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटबाट एक घर पूर्णरुपले ध्वस्त भएको , एक जनाको मृत्यूभएको आशंका गरिएको र ५ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।
थवांग गाबिसको वडा नं १ चलाबांग स्थित आफ्नै घरमा शनिबार बिहान करिब ७ बजेतिर घटना हुंदा अन्दाजी ५३ बर्षिय श्रीप्रसाद घर्तिमगरको मृत्यु भएको आशंका गरिएको छ भने उनका श्रीमती लयन घर्तिमगर, छोरा सोमेत घर्ति, छोरी सोदेशि बुढा, बुहारी अस्मिता र धने झंँक्री घाइते भएका छन् ।
प्रहरी चौकि थबांगका सई वकिलबहादुर वमका अनुसार घटनास्थलदेखि १० मिटर पर मकैबारीमा दाहिने हातको पञ्जा र ७ मिटर टाढामा बंगारा बाहेक अरु भाग फेला परेको छ भने शरिरको अन्यभाग भेटिएको छैन । त्यसैका आधारमा प्रहरीले घर्तीको मृत्यूभएको आशंका गरेको हो । दुर्घटनाग्रस्त घरभित्र अरु परिणाममा बिस्फोटक पदार्थ हुनसक्ने जोखिम भएको भन्दै दुर्घटना क्षेत्र वरीपर प्रहरी र सर्बसाधारण कसैलाई पनि जान निषेध गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक रमेश थापाले बताए ।
नेपालीसेनाको देबिदत्त गणका गणपति बिनोद चन्दको आफ्नै नेतृत्वमा डिस्पोजल टोलीसहित ६० जनाको टोली शनिबार नै थबांग हिंडेको छ । श्रीबहादुर घर्ति जनयुद्धका शहिद केन्द्रिय सल्लाहकार तेजमान घर्ति दीर्घका भाई हुन् । घटनास्थल थबांगबाट १ घण्टाको पैदल दुरीमा छ ।
0 comments:
Post a Comment