Saturday, July 11, 2015

चोरीको आरोपमा आईएसआईएस विद्रोहीले काटे युवकको हात–खुट्टा, आफै गरे उपचार


यमन, असार २६ (एजेन्सी) – आतंककारी संगठन इस्लामिक स्टेट ( आईएसआईएस) फेरि एकपटक अमानविय कामका कारण अलोकप्रिय बनेको छ । मध्यपूर्व तथा अफ्रिकामा आतंक फैलाइरहेको आईएसआईएसले एक व्यक्तिको हात तथा खुट्टा काटेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्वीटरमा उल्लेख गरिअनुसारआईएसआईएसले उनीमाथि हतियार लुटपाट गरेको आरोप लगाएको हो । आतंककारीले उनको हात–खुट्टा काट्नुअघि विशेष तरल पर्दाथको समेत प्रयोग गरेका थिए ।

 युवकलाई पिडा कम होस् भन्ने उद्देश्यले तरल पर्दाथको प्रयोग गरिएको ट्वीटरमा जनाइएको छ । सयौँ व्यक्तिकाबीच मासु काट्ने धारिलो हतियाले युवकको हात–खुट्टा खाटिएको थियो । सजाँय दिनुअघि इस्लामिक स्टेटका समर्थकहरुका बीचमा एक कमाण्डरले उनीमाथि लागेको आरोप पढेर सुनाएका थिए । उनको हात–खुट्टा काटेपछि आईएस विद्रोहीले युवकको घाउमा मलमपट्टी समेत लगाईदिएका थिए । विद्रोहीहरुले अरुले हतियार लुट्नुअघि बारम्बार सोचुन् भन्ने उद्देश्यका साथ कडा सजाय दिइएको जनाएका छन् ।

0 comments:

Post a Comment