झापा, श्रावण १३ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–९ मा मंगलबार राति कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिराटनगर घर भई हाल दमक–९ स्थित न्यु पाथिभरा अटो सेन्टरमा काम गर्ने ३३ वर्षीय बिनोद झा रहेका छन् ।
प्रहरीका अनुसार उनको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो । २०ः१० बजे पूर्वतर्फ जाँदै गरेको डब्ल्यू बी ७४ एम ५८९५ नम्वरको भारतीय कारले सडकमा हिड्डै गरेका झालाई ठक्कर दिएको थियो ।
ठक्कर दिने कार र चालक ईलाका प्रहरी दमकले नियन्त्रणमा लिएको छ ।
0 comments:
Post a Comment