साउन १३
छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ,
उध्रेको चोली छ है तै पनि लाइन्छ..... भन्दै हट नृत्य पस्किने नेपाली रजतपटकी नायिका सुष्मा कार्की फिस्टेल कन्सर्टका लागि दुबई आइपुगेकी छिन्।
बबाल नृत्य गरी दुबईका नेपालीहरुलाई पानीपानी बनाउने योजना रहेको सुष्माले एयरपोर्टमै स्वागत गर्न उपस्थित आफ्ना फ्यानहरुलाई बताइन्।
आफूलाई दुबईका नेपालीहरुको माया चाहिएको बताउँदै सुष्माले उध्रेको चोली हेर्ने मौका फेरि कहिले पाइन्छ र? भनी प्रतिप्रश्न पनि गरिन्। ३१ जुलाईमा हुने कन्सर्टमा सहभागी हुन नायिका कार्की यहाँ आएकी हुन्।
बुधबार र बिहीबार पनि सुष्मा दुबईका विभिन्न स्थानहरु घुमघाम गर्ने र अबुधाबी, रास अल खेमा लगायतका स्थानमा रहेका नेपालीहरु समक्ष पुग्ने आफ्नो इच्छा रहेको बताएकी छिन्। सुष्माले युएईका सबै नेपालीहरुसँग भेट गर्ने इच्छा रहेको तर पनि समय अभावका कारण कन्सर्टमै भेट गर्न सबैलाई आग्रह गरिन्।
सुष्माको उध्रेको चोली हेर्न भने सीमित दर्शकहरुले मात्र पाउनेछन्। देरा दुबइको एसियाना फाइभ स्टार होटलको नाइट क्लबको भिआईपी तथा अत्याधुकि लाइटिङ सिस्टम रहेको मञ्चमा कार्यक्रम हुने भएका कारण सीमित दर्शकहरु रहने आयोजकले बताएका छन्।
यसअघि नेपाली कला क्षेत्रको बीस वर्षअघिदेखि रिपोर्टिङ गरिरहेका अनुभवी कार्यक्रम सञ्चालक सुशील नेपाल फिस्टेल कन्सर्टकै सफलताका लागि दुबई आइसकेका छन्।
कन्सर्टलाई भव्य रुपमा सम्पन्न गर्न अन्य कलाकारहरु दुबई आउने क्रम जारी छ । त्यसरी नै २९ जुलाइकै साँझको फ्लाइटमा गायक सुगम पोखरेल र डान्सर आस्मा पाण्डे दुबई आउने कार्यक्रम छ। त्यसको भोलिपल्ट ३० जुलाई, बिहीबार हास्यकलाकार निरु खड्का ‘निर्मली’ दुबई आउँदै छिन् भने नायक विष्णु कार्की सोही दिन कतारबाट यूएई भित्रिदै छन्।
आगामी शुक्रबार साँझ दुबईको देरास्थित एसियाना होटलको नाइट क्लबमा आयोजना भइरहेको कन्सर्टमा नेपाली कला, संगीत, व्यंग्य, मोडलिङ क्षेत्रका चर्चित हस्तीहरुको जमघट हुनेछ ।
सीमित संख्यामा रहेका तीन प्रकारका टिकटहरु बजारमा पठाइको आयोजक बिक्रान्त कार्कीले बताएका छन् । नर्मल ७०, भिआई १ सय २० र भिआइपी कपल २ सय दिराम गरी तीन प्रकारका टिकट सार्वजनिक गरिएको छ । कार्यक्रम भन्दा अघि नै टिकट बिक्री भइसक्ने भएका कारण संगीत तथा कला पारखीहरुलाई बेलैमा आफ्नो सिट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन्।
0 comments:
Post a Comment