१३ साउन, बाराको वरियापुर गाविसमा पर्ने गढिमाई मन्दिरको मेला संसारमै सबैभन्दा धेरै संख्यामा पशुचौपायाको बलि दिइने पर्वका रुपमा चिनिन्थ्यो । यो मेला पाँचपाँच वर्षको अन्तरमा लाग्ने गरेको छ । पछिल्लो मेला २०७१ मंसिरमा लागेको थियो । मेलामा बलि दिने प्रथा ३ सय वर्षदेखि चलिआएको भन्ने मान्यता छ । पशुकल्याण सञ्जाल नेपाल र हुमाने सोसाइटी इन्टरनेशनले मंगलबार भारतको राजधानी दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गढिमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले विज्ञप्ति पठाएर अबको मेलाबाट पशुचौपायाको बलि दिने प्रथा बन्द हुने बताएका छन् । पशुकल्याण सञ्जाल नेपालका संस्थापक अध्यक्ष मनोज गौतमका अनुसार समिति अध्यक्ष साह विशेष कारणले उपस्थित हुन नसकेको दिल्लीको पत्रकार सम्मेलनमा गढिमाई मन्दिरका मूल पुजारी मंगल चौधरी थारु र समितिका सचिव मोतीलाल कुशवाह उपस्थित थिए । ‘पुराना परम्परा परिवर्तन गर्नुपर्ने समय आएको छ । आगामी वर्षमा पशुचौपाया बलिको स्थानमा शान्तिपूर्ण भक्ति र रउत्सव हुनेछन्, हामी यो कुराको घोषणा गर्दछौँ,’ अध्यक्ष साहले विज्ञप्तिमार्फत भनेका छन । उनले पाच् वर्षपछि हुने भनिएको २०७६ को गढिमाई मेला बलि र हिंसारहित हुने दाबी गरे । आजको नागरिकले समाचार छापेको छन ।
0 comments:
Post a Comment