पोखरा, १४ साउन । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी अहिलेसम्म २० जनाको ज्यान गएको छ । पहिरोमा अझै १८ जना बेपत्ता भएका छन्। कास्कीका डीएसपी केदार रजौरेका अनुसार भदौरेतामागिमा ५ र लुम्लेमा १५ गरी २० जनाको मृत्यु भएको छ। गएराति १ बजे भीषण वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा अहिलेसम्म कास्कीको लुम्ले–५ माझका एकै घरका चार र कास्कीको भदौरे तमागी–५ डुँडाखेतमा गरी नौ जनाको सनाखत भएको छ ।
एकै घरकामध्ये वसन्त विक, निजकी श्रीमती, नातिनातिना गरी चारवटा लास निकालिएको नागडाँडा प्रहरी चौकीका सहायक निरीक्षक ज्ञानप्रसाद लामिछानेले जानकारी दिनुभयो । मृतकमध्ये अर्जनु राईको पनि सनाखत भएको छ । स्थानीय बासिन्दाका अनुसार त्यहाँ आठजना सुतेका छन् । पहिरोले १३ वटा घर पुरेको छ । घटना मध्यरातमा भएकाले कोही पनि भाग्न नपाएको र बेपत्ता हुनेको खोजी भइरहेको छ ।
गएरातिको पहिरोले घर पुरेर मृत्यु भएका कास्कीका भदौरे तमागीका चारजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय टीकाराम विक, निजकी श्रीमती ५५ वर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली र ७ वर्षीय करण पराजुली भएको घटनास्थलमा पुगेका प्रहरी नायब उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो । चार बेपत्ता र १५ घाइते भएका प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment