काठमाडौँ, १४ साउन पूर्वयुवराज पारस शाह चार दिनको उपचारपछि नर्भिक इन्टरनेसनल हस्पिटलबाट डिस्चार्ज भएका छन् । बुधबार बिहान १०:४५ बजे सहयोगीका साथ उनी अस्पतालबाट बाहिरिएका हुन् । मुटुको पुराना बिरामी पारस गत आइतबार नर्भिक हस्पिटल भर्ना भएका थिए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भारत रावत र डा. सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी मुटुबाहिर धड्कन नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिव्रिलेटर (आइसिडी) प्रत्यारोपण गरेको थियो । चार दिनपछि डिस्चार्ज हुँदा पारस आफैँ गाडी हाँकेर अस्पतालबाट बाहिरिएका थिए । आजको नया पत्रिका दैनिकमा अमुल थापाले खबर लेख्नुभएको छ ।
0 comments:
Post a Comment