Monday, July 13, 2015

टीजर नै नहेरी सलमानले भने, ‘शाहरुखको फ्यानको टीजर शानदार’


एक समय दुश्मन जसरी रहेका बलीउड नायकद्वय सलमान खान र शाहरुख खान अहिले परम मित्र देखिन्छन् । सलमानले हालसम्म शाहरुखको आउँदै गरेको चलचित्र ‘फ्यान’को टीजर हेरेका छैनन् तर पनि उनले टीजर शानदार रहेको बताएका छन् । यसअघि सलमानको ‘बजरंगी भाईजान’माथी ट्विटरमा समर्थन जनाउनेमा शाहरुख सबैभन्दा अगाडी देखिएका थिए । सलमानलाई ‘के तपाईले ‘फ्यान’को टीजर हेर्नुभयो ?’ भन्ने प्रश्न गर्दा उनले भने, ‘हेरेको छैन, तर मैले हेर्नेछु । मैले टीजर नहेरे पनि मलाई थाहा छ की यो शानदार छ’ । सलमान बलीउड अभिनेता अनुपम खेरको नाटक ‘मेरा वो मतलब नहीं था’को मञ्चनमा सहभागी थिए । सोही समयमा उनले यस्तो बताएका थिए । आगामी बर्षको ईदको आसपास सलमानको ‘सुल्तान’ र शाहरुखको ‘रईस’ एकसाथ रिलीज हुँदैछन् ।

0 comments:

Post a Comment