Monday, July 13, 2015

खपपिस इन्दिरा जोशी


राम्रोसंग स्टेज तताउन सक्ने गायिकामा इन्दिरा जोशी अग्रस्थानमा आउछिन् । यदि उनी कुनै पनि स्टेजमा पुग्ने वित्तिकै उनको मुखमा गीतसंगै शुरु हुन्छ, हात खुटा कम्मर र शरिरको हाउभाउ ।आइतबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा गायिका जोशीले यस्तै हाउभाउ देखाइन् । स्टेजमा नपुग्दा वन पिस पहिरनमा दर्शकदिर्घामा बसेकी इन्दिरा स्टेजमा पुगेपछि भने एकाएक सबैको नजरमा परिन् । आफूले लगाएको वन पिस पहिरन छाडेर इन्दिराले कसिलो पहिरन लगाइन् । स्टेजमा पुग्ने वित्तिकै गीतको म्यूजिकमा उनले कम्मर लच्काइन् र नृत्य गर्न थालिन् । लाग्थ्यो इन्दिरा गीत गाउन भन्दा पनि शारीरिक हाउभाउ देखाउन स्टेजमा छिन् ।उनले ‘चौवन्दी चोली अनी रातो घाघर’ बोलको गीत गाइन् । गीत गाउन भन्दा धेरै कम्मर लच्काउन नै व्यस्त देखिएकी गायिकालाई देखेर दर्शकदिर्घाबाट चर्कै हुटिङ भयो । आफूलाई गीतसँगै नृत्य गर्न पनि मनपर्ने भन्दै उनले कम्मर लच्काएकी हुन् । कार्यक्रम संचालन गरिरहेका हाँस्य कलाकारद्धय दिपकराज गिरी र जितु नेपालले पनि इन्दिराको गीत गाउने शैलीमा कसिलो ब्यङ्ग्य गरे । दिपकले एउटा कार्यक्रममा इन्दिरा आफ्नो कम्मर दुखेको भन्दै गीत गाउन नगएको भन्दै ब्यङ्ग्य प्रहार गरेका थिए ।

0 comments:

Post a Comment