Saturday, July 11, 2015

अर्मलामा फेरि भ्वाङ पर्न थालेपछि स्थानीयवासी चिन्तित


महिना अगाडि भ्वाङ परेर हैरान बनाएको पोखरा २८ अर्मलामा पुनः भ्वाङ पर्न थालेको छ। फेरि भ्वाङ पर्न थालेपछि स्थानियवासी त्रसित बनेका छन्। झण्डै एक वर्षदेखि भ्वाङ पर्न रोकिए पनि केही दिन यता भने लगातार भ्वाङ पर्न थालेको छ। केही दिनको अवधिमा १५ भन्दा बढी भ्वाङ परिसकेको अर्मला विपद् व्यवस्थापन समितिका अध्यक्ष लिलाधर आचार्यले बताए।

गत असोजदेखि पूर्ण रुपमा रोकिएको भ्वाङ फेरि परेपछि सबैलाई आतंकित बनाएको आचार्यको भनाई छ। …पुराना पुरिएका ठाउँ र घर नजिकै पनि भ्वाङ पर्न थालेपछि स्थानिय रातभर सुत्न सकेका छैनन्… उनले भने।




जमीन भित्रबाट सेता कमेरो मिसिएको माटो समेत बग्न थालेपछि झन त्रास बढेर गएको स्थानीय वासिन्दा  बताउँछन्। घर नजिकै भ्वाङ पर्दा ६ घर जोखिममा परेका छन्। भ्वाङ पर्न रोकिएपछि फर्किएकाहरु अब अहिले कता जाने भन्ने चिन्तामा परेका छन्।

०७० साल मंसिर ४ गतेबाट अर्मलाका विभिन्न ठाउँमा करिब १ वर्षसम्म भ्वाङ परेको थियो।

स्थानीय कालीखोला गहिरिएकाले त्यस्तो भएको भन्दै सरकारले नियन्त्रणक लागि तटबन्ध लगाउन शुरु गरेको छ। करिब १ करोड रुपैयाँको लागतमा कालीखोलामा तटबन्धको काम भइरहेको छ।

विशेषज्ञले धान खेती नगर्न सल्लाह दिएकाले स्थानीयले अघिल्लो वर्ष करिब ५ सय रोपनी जग्गा बाँझै राखेका थिए भने यस वर्ष पनि करिब ३ सय रोपनी जग्गा बाँझो राखेका छन्।

0 comments:

Post a Comment