Thursday, July 30, 2015

महिलाको पेटमा चार किलोको ट्युमर


ल्पा : डोल्पामा एक वृद्धाको पेटबाट चार किलोको ट्युमर निकालिएको छ । दुई हप्ता अगाडि जुम्लाबाट डोल्पा आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले शल्यक्रिया गर्ने क्रममा सो ट्युमर निकालेको हो । प्रतिष्ठानको घुम्ती टोलीले बुधबार दिउँसो डोल्पा जिल्लाको एकमात्र सरकारी जिल्ला अस्पतालमा ६१ वर्षीया महिलाको ट्युमरको सफल शल्यक्रिया गरेको हो । करिब एक घन्टाको शल्यक्रियापछि लिकु गाविस-३ चुँ की जमुना रोकायको पेटबाट चार किलो बराबरको ट्युमर झिकिएका डा निरेश थापाले जानकारी दिए । दश वर्ष अगाडि पति गुमाएकी ६१ वर्षीया रोकाय अरुको गर्भ बोकेको भन्दै गाउँलेले कुरा काट्न थालेपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएकी हुन् । अस्पतालमा आएर भिडियो एक्सरे गरेपछि पेटभित्र ट्युमर भएको पत्ता लाग्यो । जिल्ला बाहिर लगिए दुई लाखसम्म खर्च लाग्थ्यो तर उनको निःशुल्क उपचार सम्भव भयो । आफू जस्तै आर्थिक अवस्था कमजोर भएका विपन्न सर्वसाधारणलाई प्रतिष्ठानको टोलीले ठूलो सहयोग पुर्‍याइररहेको उनले बताइन् । उक्त टोलीले आएको दुई हप्ता नपुग्दै पाँचवटा शल्यक्रिया सम्पन्न गरिसकेको छ । शल्यक्रियापछि रोकायको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

0 comments:

Post a Comment