Tuesday, July 28, 2015

७ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षेति बिवरण आउन बाँकी


श्रावण 12 मंगलबार ,


इण्डोनेसियाको पूर्वी क्षेत्र पपुवामा मंगलबा बिहान ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी जियोलोजिकल सर्वेक्षणका अनुसार मंगलवार बिहान ६ :४१मिनेट जाँदा ७ .० रेक्टर स्केल को भूकम्प गएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार ४९ किलोमिटर गरिराइ पारेर गएको भूकम्पपछि मानिसहरु त्रसित बनेका थिए । भूकम्पबाट भएको कुनै क्षतिको विवरण भने आइसकेको छैन । सूनामीको चेतावनी जारी गरिएको छैन तर सुनामी र पहिरोको उच्च खतरा रहेको अधिकारीहरुले बताएका छन् । यस अघि सन २००४ मा इन्डोनेसियाको सुमात्रा द्वीपमा गएको शक्तिशाली भूकम्पको कारण हजारौ मानिसको मृत्यु थियो । एजेन्सी ।

0 comments:

Post a Comment