पीडित बनेर नेपाल आएपछि उनले वैदेशिक रोजगार विभागमा क्षतिपूर्तिका लागि उजुरी हाले। अन्तिम समयमा आएर ४० हजार रुपैयाँ मात्रै क्षतिपूर्तिवापत पाए। मलेसिया जाँदा लाग्ने अधिक खर्च सरकारले ८० हजार रुपैयाँ मात्रै तोकेको छ। तर दुई गुणा बढी रकम तिरेका उनले क्षतिपूर्ति भने १ चौथाई मात्रै पाए।
वैदेशिक रोजगार विभागको रोहवरमा लालधनुषका संचालक र उनीबीच त्यति रकम दिने सहमति भएपछि उनले ४० हजार पाएका हुन्। यदि उनीसित १ लाख ६० हजार रुपैयाँ दिएको भर्पाई हुन्थ्यो भने उनले ८० हजार रुपैयाँ बढी लिएवापतको थप क्षतिपूर्ति पाउँथे।
वैदेशिक रोजगार विभागका सहसचिव तथा कार्यालय प्रमुख विश्वराज सुवेदीका अनुसार यदि पीडित पक्षसित आफूले तिरेको रकमको प्रमाण पूर्ण छ भने बढी तिरेको सम्पूर्ण रकम फिर्ता पाउँछ र अन्य क्षतिपूर्ति पनि भराई लिन पाउँछ।
‘कुनै पनि मेनपावरले ८० हजार भन्दा बढीको प्रमाण दिँदैनन्, अनि विदेशमा पीडित बनेर आउनेले पर्याप्त क्षतिपूर्ति पाउन सक्दैनन्’ उनले भने। उनीसहित ३५ जनाको टोली ‘टिन्ट अटो’ कम्पनीमा काम गर्न मलेसिया पुगेका थिए। ति सबै सदस्यले नै १ लाख ६० हजार रुपैयाँ तिरेको उनले बताए।
‘महिनाको १ हजार २ सय ३७ रिंगिट तलव पाउने सम्झौता भएको थियो, तर १२ घण्टा खटिँदा पनि जम्मा ७ सय रिंगिट मात्रै तलव पाइयो’ उनले पीडा पोखे ‘घरबाट ऋण गरेर त्यहाँ पुगेकाले बाध्य भएर ९ महिना बिताइयो तर पनि ऋण तिर्न सकिएको छैन।’
मलेसिया पुगेर ९ महिना बिताएका राई अव भने कुनै पनि देशमा नजाने बताउँछन्। अव आफ्नै गाउँमा गएर कृषि काम गर्ने योजना उनले बनाएका छन्। ‘विदेशमा गएर दिनरात खटिनुको सट्टा आफ्नै देशमा खटिएमा यहीं नै प्रयाप्त कमाई गर्न सकिन्छ’ उनले भने।
फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउने सरकारी निर्णय निकै राम्रो भए उनले सुनाए । म विदेश जाने बेलामा पनि यस्तै नियम भएको भए म्यानपावर र दलालको ठगीबाट बच्न सकिने रहेछ उनले भने ।
0 comments:
Post a Comment