केही दिनअघि बसेको एमाओवादी पार्टी केन्द्रीय समितिको बैैठकले छिमेकी देशलाई पत्र पठाउने निर्णय गरेको थियो । त्यसैअनुसार अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विहीबार बेलुका छुट्टाछुट्टै पत्र पठाएर लिपुलेक भुमिमा हस्तक्षेप नगर्न चेतावनी दिएका हुन् ।
उनले पठाएको पत्रमा भनिएको छ-‘नेपालको भुमिमाथि खेलवाड गर्ने अधिकार तपाईहरुलाई कसले दियो ? यो सम्झौता तत्काल खारेज हुनुपर्छ, अन्यथा हामी कडा संघर्षमा उत्रिन बाध्य हुनेछौं ।’
एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा पनि यो कुरा उठाउनेछन् । प्रचण्ड यही असार २९ गते भारत जाँदै छन् ।
0 comments:
Post a Comment